आजबाट बिक्रीमा आयो नेपाल फाइनान्सको ११ लाख ३४ हजार बढि कित्ता संस्थाप शेयर, न्युनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्सले आजदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । उक्त लिलामीमा शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसकारण तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

भदौ ६ गतेसम्म आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता शेयर लिलामीमार्फत बिक्री खुलाएको थियो ।

सो समयमा बिक्री नभएको संस्थापक समूहको शेयर कम्पनीले पुनस् लिलामीमा ल्याउन लागेको हो । शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया