काठमाडौं- नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि (सोमबार) सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिनको अवधिको लागि सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी श्रावण २४ गते, मंगलबार बिक्री हुनेछ ।
प्रतिक्रिया