श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालन मुनाफासँगै खुद नाफा पनि घट्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार फाइनान्सको खुद नाफा करिब २० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६६ प्रतिशतले कम हो ।अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्को खुद ब्याज आम्दानी ०.०९ प्रतिशत र सञ्चालन मुनाफा २२.०७ प्रतिशतले घटेको छ ।

चुक्ता पूँजी ९५ करोड ८६ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३७ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा फाइनान्सले ६ अर्ब ४० करोड निक्षेप संकलन गरी ५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस्तै फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ३१.१७ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया