काठमाडौं- भदौ महिनामा पनि बैंकहरूले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको निर्णय अनुसार बैंकहरूले साउन महिनाको लागि पनि ब्याजदर यथावत राख्ने भद्र सहमति गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा ब्याजदर नबढाउने सहमति भएको हो । मौद्रिक नीतिमा राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने व्यापक चर्चा थियो । तर ब्याजदर बढाए पनि निक्षेप नबढ्ने भन्दै बैंकरहरू भने ब्याजदर नबढाउने निष्कर्शमा पुगेका हुन् ।
सहमति अनुसार भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।
यसअघि चैत्र, वैशाख, जेठ, असार र साउन महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०।९८ प्रतिशतले बढाएका थिए ।
प्रतिक्रिया