काठमाडौं- सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो । ।
बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँगै स्वीकृत मागेको हो ।
बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बैंकले सर्वसाधारण र संस्थापकलाई उक्त ऋणपत्र निष्कासन गर्नेछ ।
प्रतिक्रिया