काठमाडौं- प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो ।
छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रश्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरे । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।
प्रतिक्रिया