काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता भरमा करिब २७ अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।
नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । शेयरबजारमा आज २ अर्ब ६७ करोडमाथिको कारोबार हुन पुगेको छ ।
यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ।
यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ३.४३ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशत र रुरु जलविद्युतको २.९४ प्रतिशतले घटेको छ।
आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख र एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।
प्रतिक्रिया