आइतबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता भरमा करिब २७ अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।

नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । शेयरबजारमा आज २ अर्ब ६७ करोडमाथिको कारोबार हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया