अब काठमाडौं उपत्यका भित्र अनावश्यक रुपमा हर्न बजाउन नपाइने

३ बर्ष अगाडि

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्र अनावश्यक रुपमा हर्न बजाउन नपाइने नियम पुनः कार्यान्वयनमा ल्याएको छ । २०७४ सालदेखि लागू भएको यो नियम पछिल्ला बर्षहरुमा खासै प्रभावकारी देखिएको थिएन ।

अहिले प्रहरी महाशाखाकी प्रहरी नायव महानिरीक्षक मिरा चौधरीको अग्रसर्तामा बजाउन नपाइने निर्णय प्रभावकारी कार्यान्वयन गराउन एक्सनमा उत्रिएकी हुन ।

जसमा काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान नै थालेको जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिकाको समन्वयमा साउन २२ गतेदेखि अभियान सुरु भएको छ ।

‘नो हर्न’ अभियान प्रभावकारी अभियान सुरु गर्न आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । 

सवारी चालकहरुलाई धैर्य भई हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आग्रह गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया