काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकरी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनीमा मुख्य प्रबन्धक रहेका बेल्बासेलाई नियुक्त गरेको हो । उनलाई साउन २० गतेदेखि लागु हुने गरि निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिखर भट्टराईले राजिनामा दिएसँगै उनलाई निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गरेको हो ।
प्रतिक्रिया