काठमाडौं,ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश वितरण नगर्ने भएको छ।
शुक्रबार दिउँसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया