एसियन लाइफद्धारा लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

 काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको कुल १५।२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँबराबर लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमा १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । बोनस सेयरको कर प्रयोजनार्थ कम्पनीले ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया