काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार संस्थाले अघिल्लो वर्ष संस्थाले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ११.६५ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १५ करोड १३ लाख रुपैयाँमा थियो ।
गत वर्ष संस्थाले २८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २३ करोड ७६ लाख रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी १९.९१ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा संस्थाले २ अर्ब ९४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको रिजर्भको आकार २२.७१ प्रतिशतले बढेर १५ करोड ७० लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १२ करोड ८० लाख रुपैयाँ थियो ।
संस्थाले एनपीएलमा उल्लेख्य सुधार गर्दै १.६९ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष एनपीएल २.२५ प्रतिशत थियो । चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३६।९५ रुपैयाँ, पीई रेसियो २९.०९ गुणा र प्रतिसेयर नेटवर्थ १५८.१७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया