काठमाडौं - सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३२ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ८.३२ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९२ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा पावत ४१ करोड ७९ लाख २३ हजार रुपैयाँ र लगानी कर्ता तथा अन्य आयबाट ९ करोड ८० लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड २६ लाख १७ हजार रुपैयाँ सञ्चित छ । यस्तै बीमा कोषमा १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।
गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २४.९३ रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवमा ३१।२७ रुपैयाँ रहेको कम्पनीको इपिएस नाफा घटेसँगै ६.३४ रुपैयाँले घटेको हो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २२२.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.८१ गुणा छ ।
कम्पनीले यस अवधिमा १ लाख ७९ हजार ९३ वटा बीमालेख जारी गरी २ अर्ब ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवभन्दा ६६ हजार ९६५ कम बीमालेख जारी गरेको कम्पनीले कुल बीमाशुल्क भने २५ करोड ७१ लाख धेरे संकलन गरेको हो ।
गत आवमा कम्पनीले १० हजार १४१ वटा दाबी वापत १ अर्ब ३७ करोड १२ लाख ८९ रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ९५२ वटा दाबी वापत १ अर्ब ३७ करोड ८४ लाख ५१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच २०७९ असार २७ गते सोमबार मर्जरमा जाने सम्झौता भएपछि नेप्सेले असार २८ गते देखि दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
प्रतिक्रिया