काठमाडौं - फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मन ९पीएसजी०ले शानदार सुरुवात गरेको छ । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकालेको हो ।
उसका लागि मेस्सीले २ र नेयमारले १ गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।
८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरे । ८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए ।
जितसँगै पिएसजीले ३ अङ्क जोडेको छ ।
प्रतिक्रिया