फरवार्ड माइक्रोफाइनान्सको नाफामा छलाङ, निक्षेप संकलन कति ?

३ बर्ष अगाडि

काठमाडौं - फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आकर्षक प्रगति गरेको छ । यो कम्पनीले खूद मुनाफामा ६५.६५ प्रतिशतको छलाङ हानेको छ भने अन्य सूचकमा पनि आकर्षक प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म यो कम्पनीको खूद नाफामा ५३ करोड ३ लाख रुपैयाँमा सीमित रहेकोमा यो वर्ष बढेर ८४ करोड ५३ लाखको उचाईमा पुगेको हो । कम्पनीले १४ करोड बढी राइटब्याक गर्दा खूद नाफामा उछालको अवस्था देखिएको हो । 

फरवार्डको सञ्चालन मुनाफातर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८० करोड २८ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ । 

नियमित व्यवसाय वृद्धिमा समेत व्यवस्थापनले ध्यान दिंदा फरवार्डको खूद ब्याज आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोडको उचाईमा पुगेको छ । 

खूद मुनाफामा आएको उछालको सकारात्मक प्रभाव कम्पनीको प्रतिसेयर आम्दानीमा समेत देखिएको छ । फलस्वरुप अघिल्लो वर्ष ६०.४३ रुपैयाँमा सीमित इपीएसमा उछाल आई १००.११ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा फरवार्डले १० अर्ब ८ करोड सापटी लिई तथा ७ अर्ब ९५ करोड बढी निक्षेप संकलन गरी १९ अर्ब ८१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ८ अर्ब ६३ करोड सापटी लिई तथा ६ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा फरवार्डको कस्ट अफ फण्ड ९.६५ प्रतिशत, पीई रेसियो २३.८२ गुणा, प्रतिसेयर नेटवर्थ ३१८.८३ रुपैयाँ कायम भएको छ । यो संस्थाले ४० वटा जिल्लामा १५९ शाखामार्फत २ लाख ८७ हजार ग्राहकमाझ आफ्नो सेवा प्रवाह गरिरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया