बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ८१ करोड, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ ।  

जुन ४.८६ प्रतिशतले धेरै हो । बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि सामान्य बृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ छ ।

खुद ब्याज आम्दानी २३ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ५.८३ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ९.२८ प्रतिशतले बढाएको छ ।

हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४ पैसा र प्रतिशेय नेटवर्थ १६७.७५ रुपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया