नाफा सँगै मेगा बैंकको वितरण योग्य नाफामा आकर्षक वृद्धि, कर्जा लगानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको छ । 

विवरण अनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१.७८ प्रतिशतले बढि हो । बैंकले अघिल्लो वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा सँगै वितरण योग्य नाफामा पनि आकर्षक वृद्धि देखिएको छ । 

गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी २ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन १२.१२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ७.५९ प्रतिशतले बढाएको छ । हाल १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा प्रतिशेयर नेटवर्थ १४२.५२ रुपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया