काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएका थिए । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको लैनचौरका साथै शाखा कार्यालयहरु बिर्तामोड, धरान, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौँ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए ।
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमÞई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया