काठमाडौं - सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ । बैंक सार्वजनिक गरेको गत आर्थिक वर्षको आसार मासान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपैयाँ थियो । बैंकले प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरिसकेको छ । बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ थियो ।
९ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९१ करोड रुपैयाँ गरेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।
बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा थियो । १०.२३ प्रतिशत बेसरेट छ । अघिल्लो वर्ष ७.८० प्रतिशत थियो ।
बैंकको स्प्रेडदर ३.२६ प्रतिशत अघिल्लो वर्ष रहेको यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ छ।
प्रतिक्रिया