कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट

३ बर्ष अगाडि

काठमाडौं - अब कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउन सकिने भएको छ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् । 

यस सम्झौताका बारेमा कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने, ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको कामप्रतिको लगाव एकआपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइटमार्फत आउनुहुने उम्मेदवार एवं हाम्रा कर्मचारीको स्वास्थ्यका लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुसी लागेको छ ।’

काठमाडौंको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवासुविधाहरुबाट लाभ लिनका लागि www.kumarijob.com  अथवा तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीका लागि दर्ता गर्न सकिने छ । 

यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरेबापत कुनै शुल्क लाग्ने छैन । कुमारी जबले निःशुल्क रुपमा योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीका लागि दर्ता गर्दा आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि कुनै शुल्क लाग्ने छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया