नेपाल बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा बढाए पनि घट्यो लाभांश क्षमता

३ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नाफा बढाएको भए पनि उसका लाभांश क्षमता भने घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। जुन १०.२९ प्रतिशतले धेरै हो । बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ ।

खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ ।

हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया