भारतीय केन्द्रिय बैंकले बढायो ब्याजदर

३ बर्ष अगाडि

एजेन्सी - भारतीय केन्द्रिय बैंकले ब्याजदर वृद्धि गरेको छ । रिजर्व बैंक अफ इन्डियाले ५० अंकसम्म रिपो रेट बढाउने निर्णय गरेको छ । आरबीआईको यो निर्णयपछि रिपो रेटको दर ४.९ प्रतिशतबाट बढेर ५.४० प्रतिशत पुगेको छ ।

केन्द्रिय बैंकले भारतको मुद्रास्फितीलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो । भारतको बजारमा मुद्राको प्रवाहलाई नियन्त्रण गर्नका लागि रेपो रेट बढाउने निर्णय गरेको छ । आरबीआई गर्भनर शक्तिकांत दासले तीन दिनसम्म चलेको मौद्रिक नीति समितीको बैठकपछि यस्तो व्याजदर बढाउने घोषणा गरेका हुन् ।

यस अघि मे महिनामा रिपो रेट ५० प्रतिशत विन्दुले बढाएर ४.९० प्रतिशत पुर्याएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया