नेपाल फाइनान्सले एक वर्षमा कति कमायो नाफा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा फाइनान्सले २ करोड ६२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी बढेपछि नाफामा पनि उल्लेख्य सुधार देखिएको हो । यस अवधिमा फाइनान्सको खुद व्याज आम्दानी २८४.२५ प्रतिशतले बढेर ७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा फाइनान्सले २ करोड ९९ हजार रुपेयाँ मात्रै खुद व्याज आम्दानी गरेको थियो । यस्तै फाइनान्सको सञ्चालन मुनाफापनि २१२.२० प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सले १ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ९१लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पूँजी ७२ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३१।२५ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया