काठमाडौं - गुराँस लघुवित्तको खुद ब्याज आम्दानी र अन्य आम्दानी घट्दा नाफा पनि घट्न पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार लघुवित्तको नाफा ४२.२३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा लघुवित्तले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष लघुवित्तले २२ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानी ८ प्रतिशतले बढेको छ । सञ्चालन आम्दानी ४० प्रतिशतले घटेको छ । हाल ९ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७७ पैसा छ ।
गत वर्ष लघुवित्तले निक्षेप ४३ प्रतिशतले बढाएको छ भने सापटी १८ प्रतिशतले बढाएको छ । यसबाट लघुवित्तले कर्जा पनि १९ प्रतिशतले बढाएको छ ।
प्रतिक्रिया