खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा खुम्चिदा रिलायन्स फाइनान्सको खुद नाफा घट्यो

३ बर्ष अगाडि

काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.३७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा खुम्चिदा खुद नाफा घट्न पुगेको हो ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६७.४१ प्रतिशतले बढेर २५ करोड २८ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन मुनाफा भने ५३.५९ प्रतिशतले घटेर १० करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।

फाइनान्सको निक्षेप संकलन १७.६७ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड २ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि १७.४४ प्रतिशतले बढेर ५ अर्ब १७ करोड १७ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको खराब कर्जा भने १.८३ प्रतिशतले घटेर २.३३ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको खराब कर्जा ४.१६ प्रतिशत रहेको थियो ।

हाल एक अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ । फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ४४.९० गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया