तोकिएको समयमा पुँजी वृद्धि नगर्ने बिमा कम्पनीको कारोबार रोक्का हुने

३ बर्ष अगाडि

बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने बिमा कम्पनीहरुको कारोबार रोक्का गर्ने बताएका छन् । राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिलवालले समितिले निर्देशन दिए अनुसार पुँजी नपुर्‍यfP कारोबार रोक्का गरिने बताएका हुन् । 
 
सिलवालले प्रतिष्पर्धात्मक एवं ग्राहकमुखी बिमा सेवा उपलब्ध गराउन पनि बिमा कम्पनीलाई सुझाव दिएका छन् । 

यस्तै, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेन्चरमा बढी रहेको देखिएको जानकारी गराएका छन् । उनले हालसम्म नेपाल सरकार, बिमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा तथा विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालिन तथा दीर्घकालिन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको जानकारी गराए । 
 
प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रुपमा मुख्यतय कम्पनीको सेयर नबिल बैंकमा १ करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकमा १ करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार ५४९ कित्ता सेयर रहेको जानकारी गराएका छन् ।

यस्तै, नेपाल आयल निगम, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्यूब आयलमा पनि कम्पनीको लगानी रहेको छ । साथै, कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब ५ अर्ब रुपियाँ लगानी रहेको उनले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया