काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ५९ करोड ५८ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४५.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले ११ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४६.६९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ५८ करोड ९४ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ८६ करोड ४६ लाख रुपैयाँ भएको छ।
चौथो त्रैमाससम्म बैंकले १ अर्ब ७४ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २० करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेको छ।
बैंकले ४८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४१ अर्ब ७९ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी १४.९८ रुपैयाँबाट बढेर १९.७९ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४१.५२ रुपैयाँ रहेको छ।
मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४१.५२ रुपैयाँ रहेको छ।
प्रतिक्रिया