३७.३८ प्रतिशतले बढेर राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब माथि, प्रतिशेयर आम्दानी भने घट्यो

३ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार सो अवधिसम्ममा बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा ३७।६७ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १।६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया