काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफूले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउने बताएका छन्। आज नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा अध्यक्ष हमालले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले कार्यक्रम बोल्दै ‘मैले सेबोनमा आएको पहिलो दिनदेखि नै लगानीकर्ताको हकहितलाई ध्यानमा राखेर काम गरिरहेको छु’, हमालले भने, ‘त्यसैले मैले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउँछु।’ भने ।
हमालले लगानीकर्ता विश्वासले मात्र सबैको औचित्य पुष्टि हुने बताए। ‘पहिला लगानीकर्ताले विश्वास गर्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘लगानीकर्ताले विश्वास गरेमात्रै सेबोन, नेप्सेलगायत सबैको औचित्य पुष्टि हुन्छ।’
अध्यक्ष हमालले टीका लगाएर ब्रोकर लाइसेन्स वितरण गर्ने सिस्टम बन्द हुने स्पष्ट पारे। ‘योग्यले समान अवसर पाउनेछन्’, उनले भने।
ब्रोकर लाइसेन्सलाई हाई थ्रेसहोल्डमा राख्नुको मुख्य कारण चुक्तापुँजी नै रहेको उनले बताए। ‘नेप्सेको प्रणालीले पनि १७० वटाभन्दा बढी ब्रोकर धान्दैन’,
प्रतिक्रिया