२ दिनमा अभियान लघुवित्तको आईपीओमा झण्डै ११ लाख आवेदन,१ अर्ब २४ करोड बढीको शेयर माग

३ बर्ष अगाडि

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा दुई दिनमा झण्डै ११ लाखले आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ८० हजार २७४ जना आवेदकबाट १ अर्ब २४ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ४७ हजार ९३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले  साउन १८ गतेदेखि निष्कासन  गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने सर्वसाधारणको लागि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर निश्काशन गरिएको छ।

सो आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया