काठमाडौं,प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न अनुमति दिएको हो ।
तत्कालिन सिइओ मनोजकुमार भट्टराईको कार्यकाल असार मसान्तमा सकिएपछि उक्त पद रिक्त थियो । श्रावण १ गतेदेखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिरहेका थिए ।
बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न स्वीकृति दिएसँगै अब बस्ने कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षको लागि सिईओ नियुक्त गर्नेछ ।

प्रतिक्रिया