काठमाडौं,साताको पाँचौ कारोबारको दिन (बिहिबार) शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता सोमबार देखि ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा कायम भएको छ ।
बलेफी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ५.३९ प्रतिशत, रिभर फल्स पावरको ५.३५ प्रतिशत, विन्दवासिनि हाइड्रोपावरको ४.४८ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ४.१५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया