उच्च अंकको गिरावट संगै नेप्से २१४८ को बिन्दुमा, कारोबार रकम पनि घट्यो

३ बर्ष अगाडि

काठमाडौं, साताको पाँचौ कारोबारको दिन (बिहिबार) शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता सोमबार देखि ओरालो लागेको हो । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अंकले घटेर २१४८.१८ विन्दुमा कायम भएको छ ।

यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३२ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ५.१३ प्रतिशतले घटेको छ भने फाइनान्स उपसमूहको २.९४ प्रतिशत, होटल उपसमूहाको ३.०९ प्रतिशत र विकास बैंक उपसमूहको २.५१ प्रतिशतले घटेको छ।

उच्च अंकले घटेको बजारमा पनि बलेफि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ५.३९ प्रतिशत, रिभर फल्स पावरको ५.३५ प्रतिशत, विन्दवासिनि हाइड्रोपावरको ४.४८ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ४.१५ प्रतिशतले बढेको छ।

यता युनाइटेड इदी मर्दि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घटेको छ भने हिमाल दोलखा हाइड्रोपावरको ५.३० प्रतिशत, साल्ट ट्रेडिङ हाइड्रोपावरको ५.१५ प्रतिशत, बिशाल बजार कम्पनीको ५ प्रतिशत र गुडविल फाइनान्सको ४.९४ प्रतिशतले घटेको छ।

बिहीबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १३ करोड १५ लाख, अपि पावरको १२ करोड ७९ लाख, युनिभर्सल पावरको ७ करोड ८० लाख र गोर्खाज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया