बिहीबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं-साताको पाँचौ कारोबारको दिन (बिहिबार) शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता सोमबार देखि ओरालो लागेको हो । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अंकले घटेर २१४८ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा घटेर ३ अर्ब ७६ करोडमाथिको कारोबारमा सीमित हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्टको २५ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १३ करोड १७ लाख, अपि पावरको १२ करोड ७९ लाख, युनिभर्सल पावरको ७ करोड ८० लाख र गोर्खाज फाइनान्सकको ७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया