राष्ट्र बैंकद्धारा स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई जरिवाना तिराएको छ । निर्देशन पालना नगरेको पाइएपछि राष्ट्र बैंकले यी दुई बैंकलाई जरिवाना तिराएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्र बैंकले अनिवार्य नगद मौज्दा तर बैधानिक तरलता अनुपात कायम नगरेकाले स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा तथा एनसीसी बैंकले ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिरेका हुन ।

३ बर्ष अगाडि

प्रतिक्रिया