काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु. ११ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने १४ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा रु.१३ करोड ३६ लाख नाफा कमाएको थियो ।
कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६.४८ रहेकोमा गत आवमा घटेर रु. ९.९० मा झरेको छ ।
त्यसैगरी गत आवमा कम्पनीको वितरणयोग्य नाफा रु.४ करोड ४२ लाख रहेको छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३.०४ गुणा(वार्षिक),तरलता अनुपात २४.७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रु. १४४.३१ रहेको छ । हाल देखिएको तरलता अभावको कारण निक्षेप संकलन तथा कर्जा प्रवाहमा संकुचना आएको र कर्जा असुलीमा समेत समस्या भएकाले कम्पनीको नाफा तथा वितरणयोग्य नाफामा प्रत्यक्ष प्रभाव परेको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया