एनआईसी एशिया बैंक र नेपाल लाइफको लिलामी सेयरमा आजसम्म मात्र बोलपत्र पेस गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । गत साउन ५ गतेबाट यी दुवैको १३ लाख बढी कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो । 

लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । एनआईसी एसिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर लिलामीमा राखिएको छ । 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य एनआईसी एसिया बैंकको प्रतिकित्ता ४२५ रुपैयाँ र नेपाल लाइफको प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया