काठमाडौं - महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।
बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया