सूर्या लाइफको विशेष साधारण सभा आज, के छ एजेन्डा ?

३ बर्ष अगाडि

काठमाडौं - आज सूर्या लाइफले विशेष साधारण सभा गर्दैछ । कम्पनीको असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको ३२०औं बैठकले साउन १९ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृतिका लागि पेश गर्ने भएको छ । 

सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्का लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

कम्पनीको सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ती तथा दायित्व मूल्याङ्कन कार्य गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदनका लागि सभामा पेश गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया