५ करोड इकाई निष्कासन गर्दै शुभ लक्ष्मी कोष, भोलिदेखि साउन २३ गतेसम्म आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले ५ करोड इकाई निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कोषले साउन १९ गते (बिहीवार)देखि उक्त इकाई निष्कासन गर्ने भएको हो । 

यो खुलामुखी योजना हो । कोषले निष्कासन गर्ने कुल ५ करोड इकाईमध्ये ७५ लाख कित्ता कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकोे छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ७५ लाख इकाई सर्वसाधारणलाई  विक्री गर्न लागिएको हो ।

इकाई बन्द मिति छिटोमा साउन २३ गतेसम्म रहेको छ । तोकिएको अवधिमा मागबमोजिम  आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० कित्तादेखि ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्  । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

साथै आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया