काठमाडौं- नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको शेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र कायम हुने गरी एकीकृत निर्देशन जारी गरेको छ । यससँगै अब बैंक तथा वित्तीय संस्थाहरुले २५ लाखसम्मको शेयर धितो कर्जा प्रवाह गर्दा जोखिमभार १०० प्रतिशत कायम गरे हुनेछ ।
बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो
यसबाट शेयर धितो कर्जाको ब्याजदर सस्तोमा उपलब्ध गराउन सहज हुनेछ । यसैगरी, बन्ड धितो राखेर लिइने कर्जामा पनि जोखिमभार १०० प्रतिशतमात्र कायम गरिएको छ । यता, २५ लाखभन्दा माथिको शेयर धितो कर्जामा भने जोखिमभार १५० प्रतिशत कायम गरिएको छ ।
प्रतिक्रिया