यी उद्योगलाई रु.२ करोडसम्मको कर्जा न्यून ब्याजमै( पूर्णपाठसहित)

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले कृषि, निर्यातजन्य तथा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई २ करोड रुपैयाँसम्म कर्जा न्यून ब्याजदरमै उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 

आज बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। 

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम–व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि २ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्नेछ। यसअघि यस्तो व्यवस्था १ करोड रुपैयाँसम्मको कर्जामा गरिएको थियो। 

यसैगरी २० लाख रुपैयाँसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया