आज पनि शेयर बजारमा सामान्य अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो । 

आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४ अर्ब २ करोड माथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्टको २५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत, समृद्धि फाइनान्सको ८.७६ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ६.७९ प्रतिशत बढेको छ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ३.४३ प्रतिशत, बोटलर्स नेपालको ३.३८ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.९६ प्रतिशतले घटेको छ।

 यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख रुपैयाँ र यसनाइटेड इदी मर्दी हाइड्रोपावरको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

बुधबारकामे बजारमा व्यापार र जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया