काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो ।
आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४ अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्टको २५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको १५ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख र युनाइटेड इदि मार्दिको ११ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया