काठमाडौं - नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन जारी गरेको हो ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जाको ४–१२ को नीति संशोधन गर्दै ४ खारेज गरेर १२ मात्र कायम राखेको थियो । मौद्रिक नीतिको सोही व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो ।
आज जारी निर्देशनमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको उल्लेख छ ।
प्रतिक्रिया