बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था खारेज

३ बर्ष अगाडि

 काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था खारेज गरेको छ । 

मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ । सोही एकीकृत निर्देशनमार्फत लाभांश वितरण अपनाइएको पुरानो व्यवस्था खारेज गरेको हो । 

यसअघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो। यही व्यवस्थालाई राष्ट्र बैंकले खारेज गरेको हो । 

अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि वितरण गर्न सक्ने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया