भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले एउटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको छ । 

राष्ट्र बैंकले गत साउन १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको हो । योसँगै ब्रोकरहरुलाई मार्जिन कारोबार सुरु गर्न बाटो खुलेको छ ।

राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डको निर्देशन र नेप्सेबाट जारी मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ अनुसार तोकिएको प्रावधानको सीमाभित्र रही तथा अन्य प्रचलित कानुनको परिपालना भए नभएको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया