काठमाडौं - गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न सञ्चार माध्यममा आएको समाचार भ्रम रहेको भन्दै ध्यानाकर्षण गराएको छ । सहकारीका अध्यक्ष राम बहादुर गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नभागेको तर व्यक्तिगत काम विशेषले केही दिन नेपाल बाहिर गएको बताएका छन् ।
अन्य कम्पनीको काम विशेषले आफू नेपाल बाहिर गएको र सोही समयमा मोबाइल सम्पर्कबाहिर हुँदा बचतकर्ताहरूले रकम खाएर भागेको भन्ने हल्ला मच्चाएको गौतमले विज्ञप्तिमार्फत बताएका छन् ।
यस अघि भिन्न सञ्चार माध्यमहरूमा बचतकर्ताहरूको रकम लिएर फरार भएको भन्ने समाचार बाहिरिएको थियो । तर, गौतमले उक्त समाचारहरूको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको हुन् । हाल आफू नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानमा लागिसकेको समेत गौतमले बताएका छन् ।


प्रतिक्रिया