खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि ‘राइट ब्याक’ घटेका कारण उपकार लघुवित्तको नाफा घट्न पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि ‘राइट ब्याक’ घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४।१३ प्रतिशत बढेको छ । 

लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४० करोड १ लाख रुपैयाँ ऋणात्मकबाट ६ करोड २२ लाख रुपैयाँ धनात्मक भएको छ । खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । 

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७७ रुपैयाँ ९२ पैसा घटेर ६८ रुपैयाँ ९ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

६ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी १९.८२ प्रतिशत, निक्षेप २९.५५ प्रतिशत र कर्जा ३१।०६ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया